+
+
Shares
ओटीटी :

विवादबीच ‘बिग बोस’ को ओटीटी संस्करण बन्द गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माताले विवादास्पद रियालिटी शो ‘बिग बोस’ को ओटीटी संस्करण अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छन्।
  • अब ‘बिग बोस’ हिन्दी भाषामा मात्र टेलिभिजन र ओटीटीमा प्रसारण हुनेछ र दुवै प्लेटफर्मका दर्शकले एउटै शो हेर्न पाउनेछन्।
  • ‘बिग बोस ओटीटी’ का तीन सिजनहरू आइसकेका छन् र चौथो सिजनको तयारी रद्द गरिएको छ, जसलाई दर्शकले पनि समर्थन गरेका छन्।

मुम्बई । भारतको विवादास्पद रियालिटी शो ‘बिग बोस’ ले १९ वर्षदेखि टेलिभिजनमा राज गर्दै आएको छ । यसलाई थप चर्चित बनाउन ओटीटीमा पनि यसका तीनवटा सिजन ल्याइएका थिए, जुन डेढदेखि दुई महिनासम्म चल्ने गर्थे ।

यदि तपाईं ‘बिग बोस ओटीटी ३’ पछि अब चौथो सिजनको प्रतीक्षामा हुनुहुन्छ भने, त्यो प्रतीक्षा अब अन्त्य गरिदिए हुन्छ । किनभने अब ओटीटी संस्करण नआउने भएको छ । निर्माताले ओटीटी संस्करण बन्द गर्ने निर्णय लिएका छन् ।

‘बिग बोस तक’ का अनुसार, ’बिग बोस ओटीटी’ लाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्माताले अबदेखि हिन्दीमा मात्र ‘बिग बोस’ प्रसारण गर्ने निर्णय गरेका छन् । दर्शकले हिन्दी शोलाई टिभी र ओटीटीमा हेर्न पाउनेछन् ।

निर्माताले दर्शकलाई टेलिभिजन वा डिजिटलमा मात्र सीमित राख्न नचाहेकाले यस्तो निर्णय लिएका हुन् । अब दुवै प्लेटफर्मका दर्शकले एउटै शो हेर्न पाउनेछन्, ठीक त्यसरी नै जसरी ‘बिग बोस १९’ को समयमा भएको थियो ।

‘बिग बोस ओटीटी सिजन १’ लाई करण जोहरले होस्ट गरेका थिए । यसको विजेता दिव्या अग्रवाल बनेकी थिइन् । त्यस्तै, ’बिग बोस ओटीटी सिजन २’ लाई सलमान खानले होस्ट गरेका थिए र यसको उपाधि एल्भिस यादवले जितेका थिए ।

त्यसपछि आएको ’बिग बोस ओटीटी ३’ लाई अनिल कपुरले होस्ट गरे भने सना मकबुल विजेता चुनिएकी थिइन् । चौथो सिजन आउने तयारीमा थियो, जुन अब रद्द भएको छ ।

निर्माताको यो निर्णयलाई दर्शकले पनि साथ दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “जब टिभी संस्करण नै ओटीटीमा हेर्न सकिन्छ भने छुट्टै ओटीटी संस्करणको आवश्यकतै छैन ।’ अर्का एक प्रयोगकर्ताले प्रतिक्रिया दिँदै भनेका छन्, “जब नियमित बिग बोस ओटीटीमा स्ट्रिम हुन्छ भने, ‘बीबी ओटीटी’ को कुनै औचित्य नै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?