+
+
Shares

पूर्वसांसद बृजेश कुमार गुप्ताले छाडे एमाले, नेकपाबाट दिए उम्मेदवारी

नेकपा एमाले नेता एवं पूर्व सांसद बृजेश कुमार गुप्ताले पार्टी छोडेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले नेता एवं पूर्व सांसद बृजेश कुमार गुप्ताले पार्टी छोडेर नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह ताराबाट कपिलवस्तु क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।
  • गुप्ताले २०५६ सालदेखि राजनीतिमा लागेका हुन् र चारपटक कपिलवस्तुबाट संघीय सांसद जितिसकेका छन्।
  • उनीले राप्रपा, तमलोपा र एमालेमा राजनीतिक यात्रा गरेपछि अहिले नेपाली कम्युनिस्ट पार्टी रोजेका हुन्।

६ माघ, काठमाडौं । नेकपा एमाले नेता एवं पूर्व सांसद बृजेश कुमार गुप्ताले पार्टी छोडेका छन् । पार्टी छाडेर उनले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा कपिलवस्तु क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

उनको प्रस्तावक धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी चौधरी रहेका छन् । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका गुप्ताले कपिलवस्तुबाट चारपटक संघीय सांसद जितिसकेका छन् ।

ईन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा लागेका हुन् । सुरुमा राप्रपामा लागे । त्यसपछि त्यसपछि तमलोपामा पुगे । पछि एमाले भए र अहिले नेपाली कम्युनिस्ट पार्टीमा पुगेका हुन् ।

संसदीय अभिलेखअनुसार गुप्ताले २०५६ मा मा प्रतिनिधिसभा सदस्यको चुनाव जिते । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट कपिलवस्तु ३ मा चनाव जिते । विजयी भएपछि तत्कालीन संविधानसभामा तमलोपाको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरे ।

२०७० मा पनि कपिलवस्तु ३ बाटै निर्वाचित भए । तमलोपा संसदीय दलको उपनेतासम्म भए ।

त्यसपछि एमाले प्रवेश गरे । एमालेबाट २०७४ मा प्रतिनिधिसभा सदस्यको चुनाव जिते । त्यसबला कपिलवस्तु २ बाट चुनाव लडेका थिए । सोही क्षेत्रबाट २०७९ मा पनि उम्मेदवार थिए । कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग पराजित भए ।

राजनीतिमा आएपछि छैठौं पटक उम्मेदवार भएका गुप्ताले यसपटक नेपाली कम्युनिस्ट पार्टी रोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?