News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ क्षेत्र नम्बर ५ मा एमालेले मनोज अग्रवाललाई उम्मेदवार बनाएको छ र उनले मनोनयन दर्ता गरेका छन्।
- २०७४ र २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ मा एमालेले उम्मेदवार दिएको थिएन । वामगठबन्धन तथा जसपाका उम्मेदवारलाई एमालेले समर्थन गरेको थियो ।
- नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलले पनि मोरङ क्षेत्र नम्बर ५ मा मनोनयन दर्ता गरेका छन्।
६ माघ, विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार मनोज अग्रवालले मनोनयन दर्ता गरेका छन् ।
यहाँ २०७४ र २०७९ को निर्वाचनमा एमालेको उम्मेदवार थिएनन् । यो पटक एमालेले अग्रवाललाई उम्मेदवार बनाएको हो ।
२०७४ सालमा मोरङ क्षेत्र नम्बर ५ मा वामगठबन्धन हुँदा एमालेले माओवादी उम्मेदवार शिवकुमार मण्डललाई समर्थन गरेर उम्मेदवार उठाएको थिएन ।
यस्तै, २०७९ सालको निर्वाचनमा जसपा नेपालका उम्मेदवार राजकुमार यादवलाई समर्थन गरेको थियो ।
क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलले पनि मनोनयन दर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4