+
+
Shares

यसपटक पनि कार्यान्वयन भएन अन्तरक्षेत्र मतदान

देशभित्रै भए पनि जिल्ला बाहिर रहेकाले मतदान गर्न नपाउने

कानुन अभाव देखाउँदै निर्वाचन आयोगले अन्तरजिल्ला तथा अन्तरक्षेत्र मतदानको व्यवस्था गर्न नसकिएको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन्।
  • निर्वाचन आयोगले अन्तर क्षेत्र निर्वाचन असम्भव भएको र कानुनी तथा प्राविधिक पूर्वतयारी नहुँदा व्यवस्था गर्न नसकेको जनाएको छ।
  • अस्थायी मतदाता नामावली संकलन गरी प्रहरी, कर्मचारी, कारागारका कैदीबन्दी र ज्येष्ठ नागरिकलाई अन्तर क्षेत्र मतदान सुविधा दिने निर्णय गरिएको छ।

२५ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् ।

शुक्रबार आयोजित प्रेस ब्रिफिङमा निर्वाचन आयोगले भन्यो, ‘अन्तर क्षेत्र निर्वाचन यसपटक पनि सम्भव भएन ।’

२३, २४ भदौको जेनजी आन्दोलनपछि बनेको सरकारले २१ फागुनका लागि निर्वाचन घोषणा गरेसँगै अन्तरक्षेत्र निर्वाचनको माग भएको थियो । रोजगारी, शिक्षा, औषधिउपचार, लगायतका विभिन्न कारणले आफ्नो नाम रहेको बुथ पुगेर मतदान गर्न नसक्ने मतदाताको लागि अन्तर क्षेत्र तथा अन्तर जिल्ला मतदानको व्यवस्था गर्नु पर्ने माग बलियो गरी उठेको थियो ।

अघिल्ला निर्वाचनका बेला पनि यस्ता माग उठ्ने गरेका थिए । तर, यसपटक आन्दोनकारी जेनजी समूहहरूले समेत सरकारमार्फत निर्वाचन आयोगलाई त्यस्तो व्यवस्थाको लागि दबाब बढाएका थिए । तर, यसपटक पनि निर्वाचन आयोगले अन्तर क्षेत्र/अन्तर जिल्ला निर्वाचनको व्यवस्था गर्न सकेन ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले यसपटक अन्तरजिल्ला मतदानको व्यवस्था नभएको जानकारी दिए । ‘कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यो पटक त्यो काम गर्न सकेनौं,’ भट्टराईले भने ।

आम मतदातालाई यो व्यवस्था गर्न नसके पनि आयोगले अघिल्ला वर्षजस्तै अस्थायी मतदाता नामावली संकलन गरेर निर्वाचनमा खटिने प्रहरी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भने अन्तर क्षेत्र मतदानको सुविधा दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?