+
+
Shares

खैरो हेरोइनसहित पक्राउ परेका व्यक्तिको कोठामा भेटियो १२ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं कालिमाटी क्षेत्रमा मकवानपुरका ३० वर्षीय सुरज नगरकोटीलाई लागु औषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
  • उनको डेरा कोठाबाट ०.३७ ग्राम खैरो हेरोइन, ९ क्याप्सुल ट्रामाडोल र १२ लाख ८१ हजार रुपैयाँ नगद बरामद भएको छ।
  • प्रहरीले उनको मोबाइल जाँच गर्दा लागु औषध किनबेच गर्ने कुराकानी भेटिएको बताएको छ।

६ माघ, काठमाडौं । लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका एक व्यक्तिको डेराबाट प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको छ ।

काठमाडौं कालिमाटी क्षेत्रमा डेरा गरी बस्ने मकवानपुरका ३० वर्षीय सुरज नगरकोटीलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको थियो । लागु औषध कारोबारको आरोपमा समातिएका प्रहरीले उनको डेरा कोठा खानतलासी गरेको थियो ।

सो क्रममा ०.३७ ग्राम खैरो हेरोइन, ९ क्याप्सुल ट्रामाडोल र १२ लाख ८१ हजार नगद बरामद भएको छ । उनको मोबाइल जाँच गर्दा लागु औषध किनबेच गर्ने सम्बन्धी कुराकानी समेत भेटिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?