+
+
Shares

चितवन-३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेणु दाहालले नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएकी छन्।
  • उनी भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन्।
  • रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् र दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट पनि उम्मेदवार बनेकी थिइन्।

६ माघ, चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन् ।

रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् । त्यसअघि उनी दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट पनि उम्मेदवार बनेकी थिइन् । तर, त्यसबेला उनी पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?