+
+
Shares

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १३:२३

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । जिल्ला विकास समिति (जिविस) पूर्वसभापति समेत रहेका मल्लको ७८ वर्षको उमेरमा निधन भएको हो ।

मल्लको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

स्वर्गीय मल्लले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । मल्लको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको बताएको छ ।

मल्लको निधनप्रति कांग्रेस सभापति, संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । ‘मल्लको निधनको खबरले मलाई दुःखीत बनाएको छ, स्वर्गीय मल्लले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिका सदा स्मरणीय रहनेछ, उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ’, सभापति देउवाले भनेका छन् ।

उनले स्वर्गीय मल्लको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?