+
+
Shares

सल्यानको कुमाखमा बाढीमा फसेको विद्यालय बस तीन घण्टापछि निकालियो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते २०:५९
Photo Credit : हेमन्त हमाल ठकुरी

२८ साउन, काठमाडौं । सल्यानको कुमाख गाउँपालिकास्थित बाढीमा फसेको विद्यालय बस झन्डै तीन घण्टापछि निकालिएको छ ।

कुमाख गाउँपालिका–४ शान्तिबजारस्थित ठाडो खोलामा आएको बाढीमा बुधबार दिउँसो ३:४० बजेतिर विद्यालय बस फसेको थियो

कुमाख गाउँपालिका–३मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलको ना ३ ख ६३८६ नम्बरको बस बाढीमा फसेकोमा प्रहरी र स्थानीयको प्रसासमा साँझ ७ बजेतिर निकालिएको  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक बाबुराम बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार बस खाली थियो । ‘बुधबार दिउँसो ३: ४० बजेतिर बाढीमा फसेको बस निकाल्न इलाका प्रहरी कार्यालय रागाचौरबाट प्रहरी निरीक्षक धमेन्द्र खड्काको नेतृत्वमा ७ जनाको टोली खटिएका थिए,’ उनले भने, ‘जेसीबी प्रयाेग गरेर साँझ ७ बजेतिर बस निकालेर गन्तव्यतर्फ पठाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?