+
+
Shares

काभ्रेमा विद्यालय बसको ठक्करबाट २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते २१:१०

२४ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत नमोबुद्द नगरपालिका-२ सेल्फीडाँडामा विद्यालय बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

ठक्करबाट नमोबुद्द नगरपालिका- २ का पासाङ तामाङ र बिजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

मंगलबार साँझ भकुण्डेतर्फ गईरहेको बा ४ ख ७१ नम्बरको सगुन बिद्यामंदिरको बसले विपरीत दिशाबाट आएको बा ७१ प ६८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।

उनीहरूको शव धुलिखेलमा ल्याइएको छ । घटनाबारे थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?