+
+
Shares

हुम्लामा कतै तुइनमा तुर्लुङ्ङ, कतै प्रयोगविहीन झोलुङ्गे पुल

कतै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने र कतै आवश्यक नभएकै ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आलोचना भएको छ । 

नरजन तामाङ नरजन तामाङ
२०८२ फागुन १७ गते १०:०३
तस्वीर - रिप गाउँको कर्णाली नदीको तुइन र घट्टेखोलाको प्रयोगविहीन झोलुङ्गे पुल।

१७ फागुन, हुम्ला । सरकारले तुइन विस्थापित घोषणा गरेको १० वर्षसम्म पनि हुम्लामा सर्वसाधारण अझै पनि तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।

०७२ मा केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुदाँ दुई वर्षभित्र तुइन विस्थापित गर्न घोषणा गरेको थिए । ०८१ मा पनि ओली प्रधानमन्त्री बने । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भयो ।

हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका २१९ घरधुरीका नागरिक भने अहिले पनि कर्णाली नदी तुइनकै भरमा वारपार गर्न बाध्य छन् ।

पटक-पटक झोलुङे पुल निर्माण गर्न हारगुहार गरेपनि कुनै सुनुवाइ नभएको सर्केगाड गाउँपालिका-२ का वडाध्यक्ष सिद्व कार्कीले बताए ।

कर्णाली नदीपारि कर्णाली करिडोरको सडकमा गाडी गुडछन्, नदीवारि रिप गाउँ छ । गाडी चढन नदीमा भएको तुइनमा झुन्डिएर जानुपर्ने बाध्यता भएको वडाध्यक्ष कार्कीले दुखेसो गरे ।

तुइनबाट वारपार गर्दा धेरै सामान खसेर नदीमा बग्ने गरेको उनको भनाइ छ । खाद्यान्नलगायतका सामग्री नदीमा खस्ने र धेरैलाई चोटपटक लागेको स्थानीयको गुनासो छ । ्

यता सिमकोट गाउँपालिका-४ को बुराउसे गाउँको घट्टेखोलामा प्रयोगविहीन झोलुङे पुल निर्माण गरिएको छ । तर, यो पुल निर्माण भएपनि वर्षौदेखि प्रयोगविहीन छ ।
घट्टेखोलामा काम नलाग्ने पुल निर्माण भएपछि धेरैले आलोचना गर्न थालेका छन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?