+
+
Shares

शहरी विकास मन्त्रालय मातहत झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने प्रक्रियामा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विकासे मन्त्रालयहरुले कुलमान घिसिङको नेतृत्वमा रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र पारेका छन्।
  • सिँचाइ मन्त्रालयले १२ र सडक मन्त्रालयले ४० ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छन्।
  • शहरी विकास मन्त्रालयले झोलुङ्गे पुलसम्बन्धी ६ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।

९ कात्तिक, काठमाडौं । विकासे मन्त्रालयहरू यतिबेला धमाधम रुग्ण ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढेका छन् । खासगरी कुलमान घिसिङले नेतृत्व सम्हालेका मन्त्रालयहरूले यो प्रक्रियालाई तीब्र बनाएका हुन् ।

आइतबार सिँचाइका १२ रुग्ण ठेक्का तोडेको सूचना प्रकाशित भएको छ । सडकमा ४० ठेक्का तोड्ने प्रक्रिया थालिएको छ । यसै सन्दर्भमा शहरी विकास मन्त्रालयले समेत ६ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया थालेको जानकारी गराएको छ । मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास विभागले ६ रुग्ण ठेक्का तोड्न सूचना निकालेको हो । यी ठेक्काहरू झोलुङ्गे पुलसँग सम्बन्धित छन् ।

विभागका अनुसार खोटाङको पिलम्पा, गोरखाको क्योग्मा, झापाको कमल खोला दोभान, झापाकै बिरिङ बाह्रदशी, खोटाङको वुवाखोला, उदयपुरको सुनकोशी दिप्रुङ, गोरखाको धुमी बुधेगरा र धादिङको लिखु धुनीबेशीमा झोलुङ्गे पुल निर्माण गर्न लगाइएका ठेक्का तोड्ने प्रक्रिया थालिएको हो ।

कांग्रेस नेता पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम/यूनिकर्न जेभीले जिम्मा लिएको ठेक्का समेत छ । यो कम्पनीले झापाको कमल खोला दोभान झोलुङ्गे पुल निर्माणको जिम्मा लिएको थियो ।

विभागले आइतबार सूचना निकालेर १५ दिन भित्र निर्माणस्थलमा उपस्थित भई काम थाल्न भनेको छ । त्यसो नभए ठेक्का तोड्ने चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?