+
+
Shares

पाँचथरको झोलुङ्‍गे पुल उद्घाटन नहुँदै भाइरल (तस्वीरहरू)

मुबिनका अनुसार यो पुलको औपचारिक रूपमा उद्धाटन समेत भएको छैन । उद्घाटन हुनुअघि नै पुल भाइरल बनेकोमा स्थानीयहरू दङ्‍ग छन् ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ वैशाख ८ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरको याङवरक गाउँपालिका–३ मा ३ सय ६६ मिटर लामो झोलुङ्‍गे पुल निर्माण भएको छ।
  • पुल उद्घाटन नहुँदै यहाँ टिकटक बनाउने र फोटो खिच्ने मानिसहरूको भिड लागेको छ।
  • स्थानीय पूर्वाधार विकास विभागले ४ करोड ८७ लाख ६२ हजार लागतमा पुल निर्माण गरेको छ।

८ वैशाख, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ मा रहेको हयेलुङ खोलामा निर्माण गरिएको झोलुङ्‍गे पुल उद्धाटन नहुँदै भाइरल बनेको छ ।

लामो पुल भएकाले यहाँ गएर फोटो खिचाउनेको संख्या बढ्दै गएपछि यो पुल भाइरल बन्दै गएको हो ।

यहाँको तेमुना र वारेबुङ गाउँलाई जोड्नका लागि झोलुङ्‍गे पुल बनाइएको थियो ।

३ सय ६६ मिटर लामो पुलमा फोटो-भिडियो खिच्ने, टिकटक बनाउन आउने मानिसहरूको भिड लाग्ने गरेको पूर्ववडाध्यक्ष मुबिन योङ्याले जानकारी दिए । उनका अनुसार यो पुलको औपचारिक रूपमा उद्धाटन समेत भएको छैन । उद्घाटन हुनुअघि नै पुल भाइरल बनेकोमा स्थानीयहरू दङ्‍ग छन् ।

पाँचथरको याङवरक गाउँपालिकासँगै फालेलुङलु, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाबाट मानिसहरू यहाँ घुम्न आउने गरेका छन् । यसैगरी छिमेकी जिल्ला ताप्लेजुङबाट समेत मानिसहरू आएर टिकटक बनाउने, फोटो खिच्ने गरेको स्थानीय बताउँछन् ।

नजिकै रहेको रमणीय चरिभञ्ज्याङ र चिया बगान घुम्न आउने मानिसहरू समेत यहाँ पुग्ने गरेका छन् । विशेष गरी शनिबार र पर्वका दिन सवारी साधन लिएरै मानिसहरू झोलुङ्‍गे पुल चढ्न आउने गरेको स्थानीय प्रविण साउदेनले बताए ।

स्थानीय पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले ४ करोड ८७ लाख ६२ हजार लागतमा ‘सस्पेन्डेड डी’ प्रविधिको पुल बनाएको उनले बताए ।

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?