+
+
Shares
प्रतिनिधिसभा निर्वाचन :

कांग्रेस दैलेखमा दुई निर्वाचन क्षेत्रबाट २० जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले दैलेखबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ २० जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
  • प्रतिनिधि सभा समानुपातिक तर्फ दैलेखबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ र माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरिएको छ।
  • प्रत्यक्ष तर्फ क्षेत्र नं. १ बाट १३ जना र क्षेत्र नं. २ बाट ७ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो।

२९ मंसिर, सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखबाट नेपाली कांग्रेसले २० जना आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट प्रत्यक्ष तर्फ २० जना नाम सिफारिस गरिएको जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट १३ जना र क्षेत्र नम्बर २ बाटा ७ जनाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फ १४ जनाको नाम सिफारिस गरिएको छ । जसमा क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ६ जनाको नाम केन्द्रमा पठाइएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रमा पाँच‐पाँच जनाको नाम सिफारिस गरेको छ ।

यस्तो छ, सिफारिस उमेदवारहरूको नामावली : 

                        प्रतिनिधि सभा क्षेत्र नं.१ (प्रत्यक्ष तर्फ)
क्र.सं. सिफारिस उमेदवारहरू क्षेत्र
१. खेमराज ओली गुरास गाउँपालिका‐८
२. खेमराज के.सी नारायण नगरपालिका‐१
३. गणेश प्रशाद उपाध्याय नारायण नगरपालिका‐६
४. देवेन्द्र बहादुर थापा क्षेत्री नारायण नगरपालिका‐२
५. नगेन्द्र बहादुर मल्ल डुङ्गेश्वर गाउँपालिका‐३
६. नरसिंह मल्ल डुङ्गेश्वर गाउँपालिका‐३
७. पदम बहादुर मल्ल गुराँस गाउँपालिका ‐४
८. बखत बहादुर कटुवाल नारायण नगरपालिका‐४
९. भुपेन्द्र शाही नारायण नगरपालिका‐२
१०. मणिराम रेग्मी नारायण नगरपालिका‐३
११. मनोज कुमार थापा नारायण नगरपालिका‐१
१२. शुशिल देउजा नारायण नगरपालिका‐१
१३. बासना मापा नारायण नगरपालिका‐२ (महिला तर्फ)

 

प्रतिनिधि सभा क्षेत्र नं.२ (प्रत्यक्ष तर्फ)
क्र.सं. सिफारिस उमेदवारहरू क्षेत्र
१. एकेन्द्र बहादुर पन्त दुल्लु नगरपालिका‐१२
२. दिक्पाल कुमार शाही चामुण्डा विन्द्रासैनी नगरपालिका‐६
३. नारायण प्रसाद रेग्मी चामुण्डा विन्द्रासैनी नगरपालिका‐५
४. मधुर विक्रम खनाल दुल्लु नगरपालिका‐४
५. रञ्जना कुमारी शाही ठाटिकाँध गाउँपालिका‐५
६. लोकेश प्रसाद आचार्य आठविस नगरपालिका‐६
७. सिता कुमारी राना भैरवी गाउँपालिका‐२ (महिला तर्फ)

 

प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ
क्र.सं. सिफारिस उमेदवारहरू क्षेत्र
१. जानकी कुमारी बिष्ट भैरवी गाउँपालिका‐१ (महिला तर्फ)
२. पूर्ण बहादुर थापा दुल्लू नगरपालिका‐५ (अपाङ्ग तर्फ)
३. भगवती प्रसाद रेग्मी ठाटीकाँध  गाउँपालिका‐१  (पुरुष तर्फ)
४. लिला राम उपाध्याय आठविस नगरपालिका‐८ (पुरुष तर्फ)
५. शेर बहादुर शाही ठाटीकाँध गाउँपालिका‐३ पुरुष तर्फ
६. सूर्य वि.क दुल्लु नगरपालिका‐५

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?