फाइल तस्वीर
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सोलुखुम्बुबाट प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ बलबहादुर केशी, आङगेलु शेर्पा, बिनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, सुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रिन र रीना उप्रेतीको नाम सिफारिस भएको हो ।
समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पूजा फुँयाल र दुर्गाप्रसाद दर्जी सिफारिस भएका छन् ।
राष्ट्रिय सभा तर्फ भने भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिस भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4