News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँमा आगलागी हुँदा शोभनकुमार रावतको ४ सदस्यीय परिवार बिचल्ली परेको छ।
- आगलागीले घर, खाद्यान्न, लत्ताकपडा, नगद र गरगहना जलेर २०/२५ लाख बराबरको क्षति भएको छ।
- पीडित परिवारले सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक सिमकोटको खाता नम्बर ४१९०१०००८३१६०१० मा सहयोग गर्न आग्रह गरेको छ।
३० कात्तिक, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ माझाँ गाउँमा आगलागी भएर घर जल्दा एक विपन्न परिवारको बिचल्ली भएको छ । खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँका शोभनकुमार रावतको घरमा आगलागी हुँदा ४ सदस्यीय परिवारको बिचल्ली भएको हो ।
आगलागीले उनीहरू घर जलेर पूर्ण नष्ट भएको छ । बिचल्लीमा परेको परिवार अहिले कान्छो भाइको घरमा शरण लिएर बसिरहेको रावतले दु:खेसो पोखे ।
आगलागीले घरमा रहेको खाद्यान्न, भाँडा, गरगहना, नगद, लत्ताकपडा सबै जलेर नष्ट भएको उनले बताए । ‘न त खाने अन्न छ, न त लगाउने लुगाकपडा नै, ६ छोरा–छोरी, श्रीमतीको बिच्चली भएको छ,’ उनले अनलाइनखबरसँग भने ।
दूधकुण्ड वहुउद्देश्यीय सहकारीबाट घरपरिवार खर्चको जोहोको लागि लिएको ७ लाख नगद समेत जलेको उनको भनाइ छ । ‘आगलागीले २०/२५ लाख बराबरको क्षति भयो,’ उनले भने । बिच्चलीमा परेका रावत परिवारले सहयोगका लागि आग्रह गरेका छन् ।
सहयोगका लागि पीडित रावतका जेठान जीवन रोकायाको राष्ट्रिय वाणिाज्य बैक सिमकोटको खाता नम्बर ४१९०१००००८३१६०१० मा सहयोग गरिदिन उनीहरूको आग्रह छ ।
रावतको घर जलेर ७ लाख ५० नगद, लत्ताकपडा, भाँडा, १७ वटा ऊनको लिउ, ब्लान्केट ५ थान, कम्बल, गलैंचा, दराज २ थान, खाट ३ थान, अन्नपात १० क्विन्टल कोदो, ३ क्विन्टल चिनु, धान २ क्विन्टल, मकै ७ क्विन्टल, गहुँ ७ क्विन्टल उवा, १ क्विन्टल लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले पुष्टि गरेको छ ।
प्रतिक्रिया 4