
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हल्जी गाउँमा ३ करोड १५ लाख ६० हजार ६६ रुपैयाँ लागतमा आवास सहित २० कोठे विद्यालय भवन निर्माण भएको छ।
- विद्यालय भवन चित अमेरिका न्यूओर्कका निर्देशक माइकल ए देवको आर्थिक सहयोग र आत्मीय बालुवाटारको समन्वयमा निर्माण भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए।
- विद्यालय भवन निर्माण गरी नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा र आत्मीय बालुवाटारका निर्देशक सन्जीव केसीको उपस्थितिमा हस्तान्तर गरिएको छ।
१८ भदौ, हुम्ला । हिमाल पारिको गाउँ भनेर चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हल्जी गाउँमा २ करोड लगानीमा आवास सहितको विद्यालय भवन निर्माण भएको छ ।
३ करोड १५ लाख ६० हजार ६६ रुपैयाँ लागतमा सुनखानी आधारभुत विद्यालयको आवास सहित २० कोठे भवन निर्माण भएको हो ।
दुर्गम जिल्लाको उत्तरी चीनको सीमाना नजिकै पर्ने नाम्खा गाउँपालिका–६ को लिमी हल्जी गाउँमा ४ वटा भवन र २० कोठा सहित विद्यालयको भवन चित अमेरिका न्यूओर्कका निर्देशक माइकल ए दवेको आर्थिक सहयोग र आत्मीय बालुवाटारको समन्वयमा निर्माण भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
होस्टेल सहित सुनखानी आधारभुत विद्यालयको पक्की भवन निर्माण भएको वडाध्यक्ष तामाङले बताए ।
भवन निर्माण गरी चित अमेरिका न्यूओर्कका निर्देशक माइकल ए देवको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा आत्मीय बालुवाटारका निर्देशक सन्जीव केसी लगायतको उपस्थितिमा विद्यालयको भवन निर्माण गरेर हस्तान्तर भएको वडाध्यक्ष तामाङले बताए ।
विद्यालयको फर्निचर, कम्प्युटर सामग्री लगायत गरी ३ करोड १५ लाख ६० हजार ६६ लागत खर्च भएको आत्मीय बालुवाटारका निर्देशक सन्जीव केसीले बताए ।
विगत १२ वर्षदेखि हुम्लाको लिमीमा शिक्षा र आयआर्जनमा काम गर्दै आएको आत्मीय बालुवाटारका निर्देशक केसीको भनाइ छ ।
प्रतिक्रिया 4