+
+
Shares

हुम्लाको लिमी : पुल नहुँदा गुड्दैन गाडी, स्थानीयले बोक्नुपर्छ भारी

नरजन तामाङ नरजन तामाङ
२०८२ भदौ १७ गते १६:३९

१७ भदाै, हुम्ला । उत्तरी नाम्खा गाउँपालिका-६ को तुम्लिङ्गमा नदीको बहाव बढेपछि लिमीका जनतालाई आउजाउमा समस्या भएको छ ।

नदीमा मोटेरेबल पक्की पुल नहुँदा यहाँका नागरिकहरुले वर्षेनी सास्ती भोग्दै आएका छन् ।

यहाँ नागरिकलाई मात्रै नभई नेपाली भूमि लिमी लाप्चादेखि चीनको मानसरोवर कैलाश दर्शन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई समेत समस्या हुने गरेको नाम्खा गाउँपालिका‍-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

नदीमा मोटर गुडने पक्की पुल नहुँदा बोलेरो जिपलाई नदी तर्न समस्या हुने गरेको वडाध्यक्ष तामाङले अनलाइनखबरसँग बताए ।

‘साना बोलेरो जिप नदी बढेपछि आउजाउ बन्द हुन्छ हामी लिमेली जनताहरुले सदरमुकाम सिमकोट र हिल्सा नाकाबाट ल्याएका दैनिक उपभोग्य सामग्री समेत भारी बोकेर झोलुङ्गे पुलबाट ओसार्ने गरेको वडाध्यक्ष तामाङको भनाइ छ ।

लिमेली जनताको दु:ख पीडा सरकारले अहिलेसम्म पनि सम्बोधन गर्न नसकेको उनले बताए ।

लिमेली जनतालाई राज्यले हेर्ने नजर नै फरक भएकोले वर्षेनी नदीबाटै जोखिम मोलेर बोलेरो जिप वारपार गर्नुपर्ने बाध्यता रहेको नाम्खा गाउँपालिका-६ का स्थानीय छिरिङ सुन्डुप तामाङले बताए ।

नदी बढेपछि दुई वटा बोलेरो जिप फेरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएको उनले बताए । ‘सामान पनि आधा घण्टा भारी बोकेर नदी वारपार गर्नुपर्छ,’ तामाङले भने, ‘लिमेली जनता गाडी गुड्न सक्ने पुल नहुँदा वर्षेनी सास्ती भोग्न बाध्य छन् ।’

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?