+
+
Shares

हुम्लाको लिमीमा ६ महिनाका लागि इलाका प्रहरी कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका-६ लिमीमा इलाका प्रहरी कार्यालय स्थापना भयो।
  • कार्यालयमा ११ प्रहरी सदस्य र प्रहरी नायव निरीक्षक नरबहादुर विष्ट कमाण्डर छन्।
  • कार्यालय स्थापनाको क्रममा तिल गाउँको घटनाको विषयमा वडाध्यक्षसँग जानकारी लिइ फिर्ता गरिएको छ।

७ जेठ, हुम्ला । नाम्खा गाउँपालिका-६ लिमीस्थित सुनखानीमा ६ महिनाका लागि इलाका प्रहरी कार्यालय स्थापना भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रादेश अनुसार इलाका प्रहरी कार्यालय लिमी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

कार्यालयमा प्रहरी नायव निरीक्षक नरबहादुर विष्टको कमाण्डमा ११ जनाको प्रहरी टोली रहने उनले बताए ।

यो सहित हुम्लामा इलाका प्रहरी कार्यालय दुई पुगेका छन् । यसअघि सर्केगाडमा स्थापना गरिएको थियो ।

कार्यालय स्थापनाकै क्रममा तिल गाउँको घटनाको विषयमा पनि वडाध्यक्ष पाल्जोर तामाङसँग विस्तृत बुझेर फिर्ता भएको डीएसपी पोखरेल बताए ।

प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिपूर्तिबारे मुचुल्का गरेर फिर्ता भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?