+
+
Shares

तीन पटक चुनाव जितेका उम्मेदवार धनबहादुर बुढा यसपटक पनि मत हाल्न नजाने

मत नहालेरै जित्ने धनबहादुरको दाबी

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २१ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर बुढाले यसपटक पनि मतदान नगर्ने बताएका छन्।
  • बुढाले २०७०, २०७४ र २०७९ सालमा विजयी भए पनि तीनै पटक मतदान नगरेको र यसपटक पनि मतदान गर्न नजाने बताए।
  • उनका प्रमुख प्रतिस्पर्धी आफ्नै दाइ कर्णबहादुर बुढा मतदान गरेर चुनावी प्रतिस्पर्धामा छन्।

डोल्पा । हिमाली जिल्ला डोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर बुढाले यस पटक पनि मतदान नगर्ने बताएका छन् ।

२०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका बुढाले तीनै पटक आफू मतदान गर्न नगएको र यसपटक पनि मत हाल्न नजाने बताएका हुन् ।

मतदाता नामावली काइके गाउँपालिका–२ स्थित अरनिको माध्यमिक विद्यालय, शहरतारमा रहेको भए पनि मतदानका लागि गाउँ नजाने उनले बताए ।

‘मैले यसअघि तीन पटक चुनाव जितेँ, तर तीनै पटक मतदान गर्न गइनँ । यस पटक पनि दुनैस्थित घरमै भएकाले चुनावी समन्वय गर्नुपर्ने भएकाले मतदान गर्ने जान भ्याउदिन,’ बुढाले भने । उनले मत नहालेरै जित्ने उनले दाबी समेत गरेका छन् ।

पूर्व शहरी विकासमन्त्री समेत रहिसकेका बुढा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हुन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा, नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकाय, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देबसिंह ऐडी तथा स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसी भने आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

रोचक त के भने यसपटक उनका प्रमुख प्रतिस्पर्धी आफ्नै सहोदर दाइ कर्णबहादुर बुढा बनेका छन् ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?