+
+
Shares

डोल्पाका नेकपा उम्मेदवार धनबहादुरले गराए मनोनयन दर्ता

पूर्ण सार्की पूर्ण सार्की
२०८२ माघ ६ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
  • बुढाले ठूलीभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
  • मनोनयन दर्तापश्चात् बाजागाजासहित समर्थकहरूले दुनै बजार क्षेत्रमा र्‍याली निकालेका छन्।

६ माघ, डोल्पा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् ।

डोल्पा प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो । बुढाले ठूलीभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको मनोनयन गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा उम्मेदवार बुढासहित नेकपाका नेता तथा कार्यकर्ताको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

मनोनयन दर्तापश्चात् बाजागाजासहित उम्मेदवारका समर्थकहरूले सदरमुकाम दुनै बजार क्षेत्रमा र्‍याली निकाले ।

नेकपाका उम्मेदवार बुढा २०७० सालको संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?