
६ साउन, हुम्ला । एक गैरसरकारी संस्थाले हुम्लाका ६ वटा सहकारी संस्थाका कृषकहरूलाई खरायाे वितरण गरेको छ ।
जिल्लामा कृषि क्षेत्रमा काम गर्दै आएका कृषि सहकारीलाई खरायो वितरण गरिएको हो ।
गुडनर्वस इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्नोल्यान्ड एकीकृत विकास केन्द्रको सहजीकरणमा जिल्लाका ४५ जना कृषकलाई खरायाे वितरण गरिएको हो ।
यस्तै ५ जनालाई मौरी पालनको सामाग्री ३ जनालाई आरनको सामाग्री २ जनालाई पसलको लागि सामाग्री वितरण गरिएको छ।
कर्णाली दाेभान , पाेखी, हिमाली अर्गानिक कृषि सर्केगाड महादेव, पञ्चमुखी दूधकुण्ड सहकारीलाई खरायाे वितरण गरेको स्नाेल्यान्ड एकीकृत विकास केन्द्र हुम्लाका कार्यक्रम अधिकृत कार्मा धाेन्डुप लामाले जानकारी दिए ।
६ वटा सहकारीका कृषकहरूलाई ८ लाख १० हजार बराबर खर्चेर खरायाे वितरण गरेको लामाले बताए । सर्केगाड, सिमकोट खार्पुनाथमा सञ्चालित रहेका कृषि सहकारीलाई खरायाे सहयाेग गरेको लामाको भनाइ छ ।

प्रतिक्रिया 4