
News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको कुमाख गाउँपालिका-२ मा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
- घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
- घाइतेहरूलाई नेपालगञ्ज र चौरजहारीतर्फ उद्धार गरी उपचारका लागि पठाइएको छ।
८ साउन, काठमाडौं । सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सल्यानको कुमाख गाउँपालिका-२ मा भे१ख ३९९४ नम्बरको मिनी बस दुर्घटना हुँदा त्यसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ । १५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज र चौरजहारीतर्फ पठाइएको छ ।
नेपालगञ्जबाट कुमाख गाउँपालिकाको रागेचौरतर्फ जाने क्रममा अनियन्त्रित भएर बस सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4