६ मंसिर, काठमाडौं । कर्णालीका गाउँ–गाउँमा फोरजी सेवा मागेर सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई ज्ञापनपत्र बुझाइएको छ ।
युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री खरेललाई भेटेर यस्तो माग राखेको हो ।
सरकारले शहरमा फ्रि वाइफाइको प्रचारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको तर, ग्रामीण भेगलाई बेवास्ता गरेको उनीहरूको भनाइ छ ।
भन्दै कर्णालीको वास्तविक समस्या पहिला सम्बोधन गर्न आग्रह गरेको थियो।
मुगुको सोरु गाउँपालिकाले पनि फोरजी सेवा विस्तारका लागि सरकारसँग सहयोग मागेको छ । युवाहरूले उक्त गाउँपालिकाको पत्र समेत सञ्चारमन्त्री खरेललाई बुझाएका छन् ।
युवाहरूको ज्ञापनपत्र र सोरु गाउँपालिकाको पत्र बुझ्दै सञ्चारमन्त्री खरेलले कर्णाली आफ्नो मुख्य लक्ष्य क्षेत्र रहेको भन्दै फोरजी सेवा विस्तारका लागि तत्काल र दीर्घकालीन पहल थालिने प्रतिवद्धता जनाएको पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4