+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

सञ्चारमन्त्रीको व्‍यस्तताले विधायन व्‍यवस्थापन समितिको बैठक स्थगित

विधायन व्‍यवस्थापन समितिका सचिव मनोजकुमार गिरिका अनुसार अर्को बैठक १४ गते बस्ने जानकारी दिए। ‘१४,१५ र १६ गते दफावार छलफल गर्ने तय भएको छ’ गिरिले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल व्यस्त भएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको चलचित्र विधेयक छलफलका लागि बसेको बैठक स्थगित भएको छ।
  • विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरिले अर्को बैठक १४ मंसिरमा बस्ने र १४, १५ र १६ गते दफावार छलफल गर्ने जानकारी दिएका छन्।
  • राष्ट्रिय सभामा हाल ६ वटा विधेयक छन्, जसमा ३ वटा सभामा छन् र ३ वटा दफावार छलफलका लागि समितिमा रहेका छन्, चलचित्र विधेयक पनि तिनै मध्ये एक हो।

१० मंसिर, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल व्‍यस्त भएपछि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक स्थगित भएको छ ।

बुधबार समितिको बैठक बिहान ११ बजेका लागि राखिएको थियो। बैठकमा चलचित्र बिधेयकमाथि दफावार छलफल थियो। तर मन्त्रीले ब्यस्तता रहेको बताएपछि समितिको बैठक स्थगित भएको थियो।

विधायन व्‍यवस्थापन समितिका सचिव मनोजकुमार गिरिका अनुसार अर्को बैठक १४ गते बस्ने जानकारी दिए। ‘१४,१५ र १६ गते दफावार छलफल गर्ने तय भएको छ’ गिरिले जानकारी दिए ।

यो विधेयक अघिल्लो सरकारले ल्याएको विधेयक हो। अघिल्लो सरकाए ल्याएका बिधेयक अगाडि बढाउन सरकार तयार भएपछि बिधायन ब्यबस्थापन समितिले समितिमा रहेका बिधेयकमाथि छलफल चलाउन थालेको हो ।

विधायन समितिकी सभापति तुलासा कुमारी दहालका अनुसार प्रतिनिधिसभा विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भए। तर, राष्ट्रिय सभामा दर्ता भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक यथावत छन् । थप एउटा विधेयक सरकारले ल्याएको छ । यो सँगै राष्ट्रिय सभामा रहेका विधेयकको संख्या ६ पुगेको हो ।

६ वटा मध्ये तीन वटा विधेयक सभामा रहेका छन् भने तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा रहेका छन् ।

सभामा रहेका विधेयकहरू हुन्– राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक र वैकल्पिक विकास वित्त परिचालन विधेयक।

विधि विज्ञान प्रयोगशाला विधेयक र अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक अघिल्लो सरकारले ल्याएका विधेयक हुन् भने वैकल्पिक विकास वित्त परिचालन विधेयक वर्तमान सरकारले ल्याएको विधेयक हो। यी विधेयक अगाडि बढाउन सभाको अधिवेशन आह्वान हुनुपर्छ।

वैकल्पिक विकास विक्त परिचालन विधेयक दर्ता मात्रै भएर रहेको छ। अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमाथि सभामा सामान्य छलफल मात्रै भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि दफावार छलफलसहितको प्रतिवेदन पेश भएर रहेको छ।

बाँकी रहेका तीन वटा विधेयक दफावार छलफलमा विधायन व्यवस्थापनि समितिमा छन् । तीन हुन्– चलचित्र विधेयक, पर्यटन विधेयक र सामाजिक सञ्जाल विधेयक ।

चलचित्र विधेयक र सामाजिक सञ्जाल विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको विधेयक हो । पर्यटन विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याएको विधेयक हो।

यी तीन् वटा विधेयकका सन्दर्भमा विधायन व्यवस्थापन समिति सभापति आफैँले समेत सरकारसँग संवाद गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहालले समेत कुराकानी गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँगको छलफलपछि विधायन व्यवस्थापन समितिले चलचित्र विधेयकमाथि छलफल अगाडि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?