४ मंसिर, काठमाडौं । राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिले अघिल्लो सरकारले ल्याएका र विचाराधीन विधेयक अघि बढाउन थालेको छ । बिहिबार समितिमा चलचित्र विधेयक, २०८१ मा सरोकारवाला/विज्ञसँग छलफल छ ।
यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गत वैशाख १४ मा ल्याएका हुन् । दफाबार छलफलका लागि राष्ट्रिय सभाले विधायन समितिमा पठाएको थियो ।
२३ र २४ भदौमा जेनजी आन्दोलनले सत्ता उलटफेर गरेपछि राष्ट्रिय सभामा रहेका विधेयक के हुने भन्ने अन्योल थियो । तर, सरकारले छलफलमा अगाडि बढाउन सकिने सन्देश दिएपछि विधायन समितिले विधेयकमाथि छलफल प्रारम्भ गरेको हो ।
विज्ञहरुले चलचित्र विकास बोर्ड संघीयता अनुकुल नरहेको, सेन्सर बोर्डको भूमिका सरलीकृत हुनुपर्ने लगायतका सुझाव दिएका छन् । छलफल जारी छ ।
प्रतिक्रिया 4