
सांकेतिक तस्वीर
२४ असोज, हुम्ला । हुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
नाम्खा गाउँपालिका–२ का ४६ वर्षका पाल्दिन कन्जोर लामा र गाउँपालिका–३ लामा खोल्सीका ५५ वर्षका डोलु लामा भालुको आक्रमणमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार पाल्दिन कन्जोर लामा खेतबारीमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेका हुन् भने डोलु लामामाथि गाईवस्तु चराउने क्रममा भालुले आक्रमण गरेको हो ।
प्रहरीका डीएसपी शंकर पोखरेलका अनुसार पाल्दिन कन्जोर लामाको निधार र छातीमा चोट लागेको छ भने डोलु लामाको कान, गाला र घाँटीमा घाउ भएको छ । दुवै जनाको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी पोखरेलका अनुसार दुई दिनभित्र भालुको आक्रमणका दुई छुट्टाछुट्टै घटना भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4