+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

जापानमा बढ्यो भालुको आक्रमण, सुपरमार्केटमै पसेर गर्न थाले तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्कमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त भएको छ।
  • गत अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट १३ जनाको मृत्यु भएको र भालुहरूले घर र विद्यालय नजिकै तोडफोड गर्ने घटनाहरू नियमित रूपमा भएका छन्।
  • जापान सरकारले भालुको आक्रमण बढेको कारणले थप सतर्कता अपनाइरहेको र वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र बढ्दो भालु सङ्ख्याले आक्रमण बढी भएको बताएका छन्।

२६ मंसिर, टोकियो ।  जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।

गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ ।

नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई उदृत गर्दै एएफपीले आइतबार दुईवटा स्थानमा भालु देखिएको रिपोर्ट प्राप्त गरे देखि हरेक दिन भालुहरूको खुट्टाको छाप छ कि छैन भनेर जाँच गर्न गस्ती गरिरहेको जनाएकी छन् ।

भालुहरू सामान्यतया जाडोमा सुरक्षित स्थानमा लुक्ने गरेकोमा यस महिनाको सुरुमा भने यस क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिकै हिउँ सफा गर्दा आक्रमण गरेको जनाइएको छ ।

जापान सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न थप सतर्कता अपनाइरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्याले आक्रमण बढी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?