+
+
Shares

अपडेट : जाजरकोट अटो दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • असोज ३१ गते बिहान करिब ११:१५ बजे रुकुम पश्चिमबाट जाजरकोटतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको अटो ६० देखि ६५ मिटर तल खसेको थियो।
  • दुर्घटनामा नलगाडका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • गम्भीर घाइते हुनेमा ३५ वर्षीय प्रेम परियार, २८ वर्षीय गोपाल परियार र चालक २२ वर्षीय करण परियार छन्।

३१ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे अटो दुर्घटना भएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको थियो ।

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नलगाड नगर अस्पताल दल्ली लगिएको थियो ।

उपचारका क्रममा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रेम र गोपालको टाउकोमा चोट लागेको छ भने चालक करणको शरीरको भित्री भागमा चोट लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?