News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पा जिल्लामा ६६.१६ प्रतिशत मत खसेको छ र १५ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी भएका छन्।
- जिल्लामा ७० वटा मतदान केन्द्र र ४ सय १४ निर्वाचन कर्मचारी खटाइएको छ।
- जिल्लामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन्।
डोल्पा । हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । प्रतिनिधी सभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ बजेसम्म कुल मतदाताको ६६.१६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन्, जसमा १५ हजार ९ सय ५६ मत खसेको जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा दुईवटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएकोमा ४ सय १४ निर्वाचन कर्मचारी खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4