२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ ।
यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले यसो भनेपनि अधिकांश जिल्लामा निर्धारित समयमै मतदान कार्य सकिएको फिल्डमा खटिएका अनलाइनखबरकर्मीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4