२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा हालसम्म ३९ प्रतिशत मात्रै मतदान भएको छ । दिउँसो सवा तीन बजेसम्म नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा ३९ प्रतिशत मात्रै मतदान भएको हो ।
यो तथ्यांक सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतहरूले दिएको आँकडाको योगफलबाट निकालिएको हो ।
सुदूरपश्चिम प्रदेशभरी कुल १६ लाख १७ हजार ६६० मतदाता छन् । जसमध्ये हालसम्म ६ लाख ७० हजार ३६५ जना मतदाताले मतदान गरेका छन् । जसमा महिला मतदाताको संख्या बढी छ ।
हालसम्म तीन लाख ६१ हजार ६८९ महिला मतदाताले मतदान गर्दा तीन लाख आठ हजार ६७५ पुरुष मतदाताले मतदान गरेका छन् । यस्तै मतदान गर्ने एक जना अन्य लैंगिक पहिचानका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4