+
+
Shares

ओलीले भने- फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो

आफूले जीवनमा दुवै दिन आफूले पुनर्जीवन पाएको उनले भनेका छन् । ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ ओलीले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:३२

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन् । बिहीबार फेसबुकमार्फत ओलीले दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् ।

‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो,’ ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।’ यही कारण आफूले जीवनमा दुवै दिन आफूले पुनर्जीवन पाएको उनले भनेका छन् । ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ ओलीले लेखेका छन् ।

झापा आन्दोलनबाट निरंकुश व्यवस्थाको विरुद्ध विद्रोहको बिगुल फुकेको ओलीले सम्झेका छन् । ‘त्यही क्रममा हामीलाई जेल हालिएको थियो । झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो,’ ओलीले लेखेका छन् ।

जेल सार्ने बहानामा हत्या गरिन लाग्दा आफू मृत्युको मुखबाट फर्केर आएको ओलीले भनेका छन् । उनले अगाडि लेखेका छन्, ‘र, १४ वर्षको कठोर कारावास बिताएको थिएँ ।’

सोही क्रममा उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो,’ ओलीले अन्तमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?