+
+
Shares

सुर्खेतमा हनी ट्र्‌यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ

त्रास देखाएर विभिन्न मितिमा पटक पटक गरी १४ लाख २५ हजार नगद पीडितसँग रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते २१:०३
प्रतिकात्मक तस्वीर

६ साउन, सुर्खेत । ‘हनी ट्र्‌याप’मा पारेर १४ लाख भन्दा बढी रकम असुलेको आरोपमा सुर्खेतमा एक युवती पक्राउ परेकी छिन् ।

नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द पक्राउ परेकी हुन् ।

उनलाई मङ्गलवार वीरेन्द्रनगरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार चन्दले ०८१ भदौमा पीडित पुरुषलाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यू होटलमा बोलाएर चिनजान गरेकी थिइन् ।

त्यसपछि उनीहरूबीच सहमतिमै सम्बन्ध कायम भएको थियो । तर, पछि चन्दले सोही सम्बन्धलाई हतियारबनाउँदै ती पुरुषलाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै त्रास देखाउन थालिन् ।

त्यसपछि पीडित पुरुषले प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही पश्चात् कार्यालयबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो ।

यसरी त्रास देखाएर विभिन्न मितिमा पटक पटक गरी १४ लाख २५ हजार नगद पीडितसँग रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?