२१ असोज, जाजरकोट । मुगुको छायानाथ रारा नगरपालिका–१२ सनाता खोलामा माथिबाट आएको पहिरोले बोलेरो जिप पुरिएको छ । बुधबार बिहान गमगढीबाट सनातातर्फ गएर फर्किने क्रममा लु १ च १२११ नम्बरको बोलेरो जिप पहिरोमा पुरिएको हो ।
प्रहरीका अनुसार बिहान साढे १० बजे पहिरो आएर जिप पुरिएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट रोवा मुगुबाट प्रहरी घटनास्थलतर्फ खटिएका थिए । प्रहरी टोली दिउँसो १:२० बजे घटनास्थलमा पुगेको थियो ।
घटनास्थलमा पुगेर बुझ्दा जिपमा कुनै यात्रु नभएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
जिप भने पहिरोले पूर्णरूपमा पुरिएको अवस्थामा रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अस्थायी प्रहरी पोस्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4