२१ असोज, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से २५७२ अंकमा कायम भएको छ ।
कारोबार रकममा सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । आज ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङबाहेक सबै समूहगत सूचक घटे । बैंकिङ ०.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो ।
विकास बैंक ०.०७, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०६, जलविद्युत् ०.०३, लगानी ०.५५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.६०, अन्य ०.३६ प्रतिशत घटे ।
घलेम्दी हाइड्रोपावरको ५.८९, इङवा हाइड्रोपावरको ४.८५, सानिमा मिडिल तमोरको ३.६६, नेपाल इन्स्योरेन्सको २.९९ प्रतिशत मूल्य बढ्यो ।
सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिककको ३.६४, याम्बलिङ हाइड्रोपावरको ३.४२, माथिल्लो मैलुङखोलाको ३.३७ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4