+
+
Shares

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
  • अख्तियारको टोलीले कार्कीमाथि सडक स्तरोन्नती योजनाको बिल भुक्तानी सहजीकरण गर्ने प्रलोभनमा घुस लिएको आरोप लगाएको छ।
  • विशेष अदालत काठमाडौंमा कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबीसहित आरोप पत्र दायर गरिएको छ।

१३ कात्तिक, काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र मा पर्ने जर्सीचोक देउली जडी हुँदै सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने, सहजीकरण गरिदिने प्रलोभन दिएर सेवाग्राहीसँग घुस लिएको अख्तियारको ठहर छ ।

लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९  बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको मागदाबी राखेर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?