+
+
Shares

विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • आयोगले दायर गरेको आरोपपत्रमा दुवै जनाले करिब १ करोड बराबर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको उल्लेख छ।
  • नमुना विद्यालय भवन निर्माणमा खर्चभन्दा बढी बिल भर्पाइ गरी ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको र नगद १७ लाख ९६ हजार ५२१ रुपैयाँ हिनामिना गरेको आरोप छ।

१५ वैशाख, काठमाडौं । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रअ उपाध्याय र लेखापाल आचार्य विरुद्ध मुद्दा दायर गरेको हो ।

दुवै जनाको आपसी मिलोमतोमा करिब १ करोड बराबरको भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आयोगले दायर गरेको आरोपपत्र अनुसार नमुना विद्यालय भवन निर्माण गर्दा खर्चभन्दा बढी बिल भर्पाइ बनाइ प्रअ र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

यसैगरी उनीहरूले विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ नगद पनि हिनामिना गरेको उल्लेख छ । साथै आर्थिक वर्ष २०७७/७८ देखिकै १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकम समेत हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?