+
+
Shares

पुथा उत्तरगङ्‍गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • आयोगले यादव, पुन लगायतमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी ९ लाख ६७ हजार ३७८ रुपैयाँ बिगो दाबी गरेको छ।
  • आर्थिक वर्ष २०७७/७८ मा कागती पकेट विकास र बंगुर फर्म निर्माणमा अनियमितता गरेको आरोप आयोगले लगाएको छ।

२२ वैशाख, काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  यादव, वडा नं. १२ का तत्कालीन अध्यक्ष गंगाबहादुर पुन लगायत ८ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अदालतमा आरोपपत्र दायर गरेको हो ।

पुथा हिमालयन अर्गानिक कृषि प्रालि उपर कागती पकेट विकास कार्यक्रम सञ्चालन गर्दा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप आयोगले उनीहरूमाथि लगाएको छ ।

यादव, पुन, गाउँपालिकाका तत्कालीन इन्जिनियर खुवीराज शाही, सबइन्जिनियर कमलप्रसाद केसी, तत्कालीन योजना शाखा प्रमुख चित्रबहादुर केसी, सहलेखापाल नवराज खड्का र पुथा हिमालयन बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष सुजन पुनविरुद्ध आयोगले जनही ९ लाख ६७ हजार ३७८ रुपैयाँ बिगो दाबी गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पुथा उत्तरगंगा गाउँपालिका-१२ मा रहेको बंगुर फर्म निर्माणका लागि सम्झौता गरी फिल्डमा नभएको काम भएको भन्दै बढी मूल्यांकन गरी ९ लाख ६७ हजार ३७८ रुपैयाँ भुक्तानी लिएर सरकारी सम्पत्ति हिनामिना गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत यादव, वडाध्यक्ष पुनसहितले सोही वडाको कृषि फर्म निर्माणमा पनि अनियमितता गरेको भन्दै आयोगले मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कागती पकेट विकास कार्यक्रमको योजना बनाउँदा फिल्डमा नभएको भन्दा बढी मूल्यांकन गरी ११ लाख ६९ हजार ७६० रुपैयाँ भुक्तानी लिएर हिनामिना गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत यादव, वडाध्यक्ष पुन, इन्जिनियर शाही, सबइन्जिनियर केसी, योजना प्रमुख चित्रबहादुर, कृषि प्राविधिक ओमप्रकाश ओली, सहलेखापाल खड्का र पुथा हिमालयन अर्गानिक कृषि प्रालिका अध्यक्ष सुजन पुन विरुद्ध जनही ११ लाख ६९ हजार ७६० रुपैयाँ बिगो दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?