+
+
Shares

जिल्ला अदालत रौतहटका डिठ्ठा सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत गौरका डिठ्ठा लवकुमार सिंहविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।
  • सिंहले अदालतको फैसला अनुसार रोक्का रहेको जग्गा फुकुवाका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
  • अख्तियारको टोलीले सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

२१ वैशाख, काठमाडौं । रौतहट जिल्ला अदालत गौरका डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अदालतको फैसला बमोजिम दाखिला खारेज पुर्जी गरी जग्गा फुकुवा गराई दिएवापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।

हेटौंडाबाट खटिएको आयोगको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सिंहले रोक्का रहेको जग्गा फुकुवाका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?