+
+
Shares

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दा : विशेषले धरौटीमा छाड्यो, अख्तियार सर्वोच्च पुग्यो

सोही मुद्दामा विशेषले मंसिर २१ को थुनछेक आदेशमार्फत भण्डारीलाई पाँच लाख र माघ १२ गतेको थुनछेक आदेशमार्फत दुई लाख ५० हजार धरौटीमा थापालाई छाड्न आदेश दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १९:३७

२ चैत, काठमाडौं । भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण(क्यान)का तत्कालीन निर्देशक मुरारी भण्डारी र उप–प्रबन्धक नलविक्रम थापालाई धरौटीमा छाड्ने आदेश दिएपछि त्यस आदेशविरुद्ध अख्तियारले सोमबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

नलिञ्चोकमा हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, निर्देशक भण्डारी, उप–प्रबन्धन थापासहित ६ जनाविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा विशेषले मंसिर २१ को थुनछेक आदेशमार्फत भण्डारीलाई पाँच लाख र माघ १२ गतेको थुनछेक आदेशमार्फत दुई लाख ५० हजार धरौटीमा थापालाई छाड्न आदेश दिएको थियो ।

ती दुवै आदेश वेरीतको रहेको र त्रुटिपूर्ण रहेको भन्दै दुवै जनालाई पुर्पक्षका लागि थुनाको माग गर्दै अख्तियार सर्वोच्च अदालत पुगेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?