+
+
Shares

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : विशेषको आदेशविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै गत मंसिर २१ गते पाँच जना पूर्व मन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १९:०७

२ चैत, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

विशेष अदालतले प्रतिवादीहरू उपर विभिन्न मितिमा दिएका थुनछेक आदेश बेरीतका रहेको दाबी गर्दै पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै सोमबार अख्तियारले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

अख्तियारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै गत मंसिर २१ गते पाँच जना पूर्व मन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोबापत प्रतिवादीसँग भ्रष्टाचार बराबरको बिगो रकम असुल गरी कैद सजायको माग गरिएको थियो ।

सोही मुद्दामा विशेष अदालतले फागुन १२ गते प्रतिवादीमध्येका सुशील घिमिरेलाई डेढ लाख, फागुन २५ गते सुमनकुमार श्रेष्ठ र रञ्जनकृष्ण अर्याललाई एक लाख धरौटी मागेर पुर्पक्षको मौका दिएको थियो ।

यस्तै फागुन ४ गते लालबहादुर खत्री, कमलबहादुर भट्टराई र हंसराज पाण्डे, फागुन ५ गते भेषराज शर्मा, कुलप्रसाद सिम्खडा, द्वारिकाप्रसाद भट्टराई र सुरेशमान श्रेष्ठ, फागुन १० गते दीपकचन्द्र अमात्य र सुरेश आचार्य, फागुन ११ गते मधुकुमार मरासिनी, रामचन्द्र सुवेदी, सुमनप्रसाद शर्मा, प्रेमनाथ उपाध्याय र मोहन कृष्ण सापकोटा, फागुन २७ गते सूर्यप्रसाद आचार्य र त्रिरत्न मानन्धरलाई साधारण तारेखमा छाड्न आदेश गरेको थियो ।

यिनै आदेश बेरितको भन्दै बदर गरेर प्रतिवादीहरूलाई पुर्पक्षका सोमबार अख्तियारले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?