News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशमा पाँच वर्षमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना एचआईभी संक्रमित भेटिएका छन्।
- आर्थिक वर्ष ०७७/०७८ देखि ०८१/०८२ सम्म विभिन्न वर्षमा परीक्षण गरिएका मध्ये ३० देखि ९७ जना एचआईभी संक्रमित भेटिएका छन्।
- प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अधिकांश संक्रमितहरू बसाइँसराइँ गरेर आएका व्यक्तिहरू हुन् र विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
१७ कात्तिक, हुम्ला । कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ ।
आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना एचआईभी संक्रमित भेटिए ।
यस्तै ०७९/८० मा १७ हजार २४९ जनामध्येलाई जाँच गर्दा ९७ जना एचआईभी संक्रमित देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
यस्तै गरी आर्थिक वर्ष ०८०/०८१ मा १७ हजार ९८५ र ०८१/०८२ मा ३ हजार ५०८ जनालाई जाँच गर्दा ३९ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका एचआईभी र टीभीका फोकल पर्सन अधिकृत पदम केसीले जानकारी दिए ।
उनका अनुसार अधिकांश बसाइँसराइँ गरेर आएका व्यक्तिमा एचआईभीको संक्रमण देखिएको छ ।
प्रादेशिक अस्पताल सुर्खेत, दैलेख, सल्यान, कालिकोट, रुकुम पश्चिमका जिल्ला अस्पताल, राकम कर्णाली, आधारभुत साल्कोट सामुदायिक प्राथमिक स्वास्थ्यचौकी, मेहेलकुना दुल्लु लगायतका स्वास्थ्यचौकी र अस्पतालहरूमा एचआईभी संक्रमितहरूको उपचार भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देनालयका एचआईभी टीभी फोकल पर्सन पदम केसीले बताए ।
विभिन्न ठाउँबाट बसाइँसराइँ गरेर आएको हकमा स्वास्थ्य परीक्षण गर्दा एचआईभी संक्रमित बिरामी फेला परेको बताए ।
प्रतिक्रिया 4