+
+
Shares

मतदाता नामावलीमा अनलाइन नाम दर्ता गर्ने बढे

रासस रासस
२०८३ वैशाख ५ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या वृद्धि भएको जनाएको छ।
  • जुम्लामा करिब ९० प्रतिशतले अनलाइनबाटै मतदाता नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी दीपेन्द्र कँडेलले बताए।
  • हालसम्म ३३५ जना राष्ट्रिय परिचयपत्रबाट र पाँच जना कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गरिसकेको छ।

५ वैशा, जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन् ।

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न यहाँका सबै स्थानीय तहलाई पत्रचार गरिएको छ ।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ७३९ जना मतदाता सङ्ख्या कायम रहेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?