0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १०:२५

२७ जेष्ठ, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएपछि फेरी विवाद चुलिएको छ । निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको हो ।

निर्वाचन समितिले जानकारी दिएको कुल मत सङ्ख्या र गणनाका क्रममा भेटिएको मत सङ्ख्याबीच तालमेल नमिलेपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग रास्वपा दैलेखको पार्टी कार्यालयमा तालाबन्दी गरिएको  अधिवेशनमा सभापति पदका उम्मेदवार रहेका प्रकाशकुमार बुढाले जानकारी दिए ।

‘पदाधिकारीको घोषण भइसकेपछि कुल खसेको मतभन्दा उम्मेदवारहरूले प्राप्त गरेको मत सङ्ख्या बढी देखियो । यो सामान्य त्रुटि होइन’, उनले भने, ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छौं । सम्बन्धित सबै प्रमाण सुरक्षित रहुन् भनेर हामीले पार्टी कार्यालयमा तालाबन्दी गरेका छौं ।’

उनका अनुसार निर्वाचन समितिले कुल २४० मत खसेको जनाएको दिएको थियो । तर सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत सङ्ख्या जोड्दा २४६ हुन आउँछ । पार्टीको जिल्ला सभापतिका लागी चार आकाङ्क्षी थिए । सर्वसम्मत रूपमा कुरा नमिलेपछि आइतबार मध्यराती मतदान भएको भएको थियो ।

सभापतिमा निर्वाचित बखतबहादुर भण्डारीले ९३ मत पाएका थिए । अर्का उम्मेदवार प्रकाश बुढा ६९, बिनीबहादुर शाहीले ४३ र मित्रराज प्याकुरेल ४१ मत प्राप्त गरेका छन् ।

खसेको २४० मतमा पनि ६ मत बदर भएको भनियो त्यसो हुँदा जम्मा सदर मत २३४ हुन आउँछ । तर, सभापति पदका उम्मेदवारले पाएको कुल मत २४६ हुन्छ । यसो हुँदा १२ मत कसरी बढी भयो भन्ने विषयमाथि छानबिन हुनुपर्ने उनको माग छ ।

जिल्ला अधिवेशनका लागि अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?