0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रधानमन्त्री बालेनले संसद्‍मा बोल्ने अवस्था छ : अर्थमन्त्री वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ११:४९

२७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा अवरोध जारी रहेको विषयमा अुन्तुष्टि जनाएका छन् ।

संसद्मा अवरोध हुँदा बजेटमाथि छलफल हुन नपाएको उनको दु:खेसो छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले जुन वक्तव्य दिनुभयो त्यसको निहुँमा अहिले पछिल्ला चरणमा संसद अवरुद्ध भइराखेको छ’ वाग्ले भन्छन्, ‘मलाई लाग्छ– सम्माननीय ज्यूले आएर बोल्ने त्यो अवस्था छ नै ।’

तर, सीमा सम्बन्धी विषयमा परराष्ट्रमन्त्रीले प्रष्ट गर्न खोजेको पनि उनले स्मरण गराए ।

अर्थमन्त्री वाग्लेले भनेका छन्, ‘अरु परराष्ट्रमन्त्रीले समग्र रुपमा प्रष्ट गर्छु, नेपालको आधिकारिक धारणा के हो ? भारत भ्रमण गरेर पनि आएको छु र सीमा सम्बन्धी कुटनीतिलाई कुन तहमा हेरिएको छ भनेर राख्न चाहन्छु भन्दा भन्दै पनि हामीले त्यो राख्ने अवसर दिन पाएका छैनौं ।’

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण प्रतिनिधिसभाको बैठक चल्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?