0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्न शिक्षा केन्द्रको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ११:४१

२७ जेठ, भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन सबै विद्यालयहरूलाई निर्देशन दिएको छ।

केन्द्रले २०८३ जेठ २६ गते एक परिपत्र जारी गर्दै विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता नितान्त व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन कडा निर्देशन दिएको हो।

विद्यालयहरूबाट विद्यार्थीका व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्था (जस्तै: शैक्षिक परामर्श दातृ संस्थाहरू, ट्युसन सेन्टर वा व्यापारिक कम्पनीहरू) लाई उपलब्ध गराइएको र त्यसबाट विद्यार्थीहरूलाई अनावश्यक मानसिक दबाब परेको भन्दै केन्द्रमा विभिन्न उजुरी र गुनासाहरू प्राप्त भएका थिए। सोही विषयमा गम्भीर ध्यानाकर्षण हुँदै केन्द्रले यस्तो कदम चालेको हो।

उद्देश्य के हो ?

केन्द्रका निर्देशक नीलकण्ठ ढकालद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘विद्यार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण तथा अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले विद्यालयबाट कुनै पनि विद्यार्थीको व्यक्तिगत विवरण अभिभावकको स्वीकृतिविना अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन तथा यस्ता गतिविधि हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’

केन्द्रले यस परिपत्रको कार्यान्वयन र आवश्यक सहजीकरणका लागि सबै स्थानीय तहहरू र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत बोधार्थमार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?