+
+
Shares

तरुण दलको असन्तुष्ट पक्षले जुम्लाको नयाँ नेतृत्व अस्वीकार गर्ने

जिल्ला पदाधिकारीहरुको बैठकको मतदानबाट नयाँ समिति चयन गर्न दिएको निर्देशन विपरित सर्वसम्मतका नाममा समिति ल्याइएको असन्तुष्ट पक्षले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तरुण दल जुम्लाको ५औं अधिवेशनबाट बनेको नयाँ समिति असन्तुष्ट पक्षले स्विकार नगर्ने बताएको छ।
  • असन्तुष्ट पक्षले सर्वसम्मत नाममा समिति ल्याइएको र निर्वाचन प्रक्रिया विपरित भएको आरोप लगाएको छ।
  • असन्तुष्ट पक्षले नयाँ समिति खारेज गरी निर्वाचन गर्न र ६ अध्यक्ष उम्मेदवारमध्ये बहुमतको निर्णय अनुसार प्रक्रिया अगाडि बढाउन माग गरेको छ।

१८ साउन, काठमाडौं। तरुण दल जुम्लाको ५औं अधिवेशनबाट बनेको नयाँ समितिलाई स्विकार नगर्ने असन्तुष्ट पक्षले जनाएको छ ।

जिल्ला पदाधिकारीहरुको बैठकको मतदानबाट नयाँ समिति चयन गर्न दिएको निर्देशन विपरित सर्वसम्मतका नाममा समिति ल्याइएको असन्तुष्ट पक्षले जनाएको छ ।

तरुण प्रतिनिधिहरुको भावना विपरीत छापामार शैलीमा समिति बनाइएको जनाउँदै स्विकार्न नसकिने असन्तुष्ट पक्षले जनाएको छ। तरुण दलका असन्तुष्ट पक्षका दिनेश राईले विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।

‘तरुण एकताको मुख्य उद्देश्य विपरीत गुट र स्वार्थको नाममा अलोकतान्त्रिक ढंगले नेपाल तरुण दलको मर्म माथि नै आघात पुग्ने गरी भित्तामा टाँसिएको नेपाल तरुण दल जुम्ला, हामी तरुणहरुलाई किमार्थ स्वीकार्य छैन,’ राईले निकालेको विज्ञप्तिमा भनिएको छ ।

सर्वसम्मतका भएको भनी ल्याइएको नयाँ समिति खारेज गरेर निर्वाचन गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ। ‘जुम्ला जिल्ला पदाधिकारीहरुको निर्णय र निर्देशन अनुसार र ६ जना अध्यक्षको उम्मेदवार मध्ये ५ जना बहुमत तरुणको प्रेस बक्तब्य अनुसार निर्वाचन प्रक्रिया अगाडी बढाउन आव्हान गर्दछौं,’ राईले निकालेको विज्ञप्तिमा भनिएको छ ।

गत साता अधिवेशनबाट हमबहादुर बुडथापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति बनाइएको थियो ।

निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि असन्तुष्ट पक्षले सञ्जिव रावलको नेतृत्वमा प्यानल बनाएको थियो । तर, निर्वाचन समितिले निर्वाचन नगरी बिहीबार नयाँ समिति गठन गरिएको निर्णय सुनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?