+
+
Shares

जाजरकोटको रिसाङमा पहिरो : २ बेपत्ता, ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ५:३३

३१ साउन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

शनिबार रातिको पहिरोबाट सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा नं २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीया भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीया मोतिकला विक र १६ वर्षीया मनिषा विक रहेका छन् ।

शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताए ।

घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ ।

त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्णरूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै सोहोरेको उनले बताए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ । तर टोली घटनास्थलसम्म पुग्न नसकेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा सडक अवरुद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?