+

तेक्वान्दोका शिवाकोटी एसियन गेम्स २०२६ मा निर्णायक

२०८३ साउन  ३१ गते ११:०९ २०८३ साउन ३१ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आइची–नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
  • नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य शिवाकोटीले ग्यारोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त गरिसकेका छन् ।
  • उनले यसअघि पनि मंगोलियाको २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

३१ साउनऽ काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आइची–नागोयामा हुने २०औं एसियन गेम्समा तेक्वान्दो खेलको निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिख सम्म आयोजना हुने २०औं एसियन गेम्समा शिवाकोटीले तेक्वान्दो खेलमा निर्णायकको भूमिका निर्वाह गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ ।

ग्यारोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय निर्णायकको मान्यताप्राप्त सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य समेत हुन् । उनले दुई कार्यकाल संघका टेक्निकल डेलिगेट्स (टीडी) समेत भएर काम गरिसकेका छन् ।

सिवाकोटीले सन् २०२३ १२ देखि १५ जनवरी सम्म दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय ग्यारोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए । त्यसपछि सन् २०२४ सेप्टेम्बर १७ देखि २५ सम्म भएको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै उनी दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायक बनेका हुन् ।

उनले सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा सम्पन्न डब्लूटी प्रेसिडेन्ट्स कप (जी–३) ओपन तेक्वान्दो प्रतियोगिता तथा गत मेमा मंगोलियाको उलानबटारमा सम्पन्न २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यस्तै नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आइची–नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

शिवाकोटीले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारत, मंगोलियामा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय एवम् एसियन तेक्वान्दो प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

२०औं एसियन गेम्स बब्लु शिवाकोटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय