+
+
Shares

जाजरकोटमा ठाउँ-ठाउँमा पहिरो, सडक अवरुद्ध

हेमन्त केसी हेमन्त केसी
२०८३ साउन ३० गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा भेरी नगरपालिका–२ रिसाङमा दुई जना घाइते भएका छन्।
  • भेरी करिडोरको कोलचौर र लोडनीसहित तीन स्थानमा सडक अवरुद्ध हुँदा यातायात सेवा पूर्णरुपमा ठप्प भएको छ।
  • अध्यारो र निरन्तरको वर्षाका कारण प्रहरी घटनास्थलमा पुग्न नसकेको प्रहरी प्रमुख डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए।

३० साउन, जाजरकोट । जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । भेरी नगरपालिका–२ रिसाङमा पहिरोले घर पुरिंदा दुई जना घाइते भएका छन् ।

स्थानीय रामबहादुर शाही र केदार कार्की घाइते भएको स्थानीयबासी भक्तिप्रसाद शर्माले जानकारी दिए ।

तीन ठाउँमा सडक अवरुद्ध भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए । राति भएका कारण प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको उनले जानकारी दिए ।

त्यस्तै, भेरी करिडोरको भेरी नगरपालिका–१ कोलचौरबाट आएको पहिरोले रावतगाउँ नजिकै सडक पुरिंदा यातायात सेवा पूर्णरुपमा ठप्प भएको छ ।

नलगाड नगरपालिका १३ फुम्दामा निर्माण गरिएको सडकबाट आएको पहिरोले बस्ती नै जोखिममा परेको शिक्षिका रेखा सिंहले जानकारी दिइन् ।

नलगाड १० मै शुक्रबार बिहानदेखि  अवरुद्ध भएको भेरी करिडोरको सडक अझै सुचारु हुन सकेको छैन ।

पश्चिम जाजरकोटको छेडा जुनिचाँदे सडक खण्डको छेडागाडको लोडनीमा पहिरोले सडक अवरुद्ध भएको छ । अँध्यारो भइसकेको र पानी निरन्तर परेको कारण समस्या भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?